कोरोनाका बेला भोज गरेकोमा बेलायती प्रधान मन्त्री कार्यालयले माफि माग्यो

काठमाण्डौँ । बेलायती प्रधान मन्त्री कार्यालयले कोभिड–१९ फैलिएको तथा बेलायती शाही मलामीको समयमा पार्टी गरेकोमा माफी मागेको छ । अन्तरराष्ट्रिय संचार माध्यमहरुका अनुसार गत वर्ष राजकुमार फिलिप्सको मलामीको समयमा प्रधान मन्त्री कार्यालयले पार्टी गरेकोमा माफी मागेको हो ।

सन् २०२१ को अप्रिल १६ मा प्रधान मन्त्री कार्यालयमा राती अबेरसम्म मदिरा र नृत्यसहितको भोज आयोजना गरिएको थियो । त्यसको ठिक एक दिन अगाडि रानी एलिजावेथ द्वितीय आफ्ना पतिको मलामीमा कोभिड प्रोटोकलको कारण एक्लै थिइन ।

प्रधान मन्त्री कार्यालयमा प्रवक्ता जेमी डेभिसले त्यो भोजका कारण नागरिकमा व्यापक आक्रोस बढेको बताएका छन् । बेलायती प्रधान मन्त्री बोरिस जोन्सनका पूर्व संचार निर्देशक जेम्स् स्लेकले पनि भोज गर्नु गल्ति भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *