महिला मन्त्रीका पतिलाई ‘मन्त्रो’ भनियोस् : मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले महिला मन्त्रीका पतिलाई ‘मन्त्रो’ भनिनुपर्ने तर्क गरेकी छन् । ‘नेपालका हरेक पक्ष पुरुषको दृष्टिकोणबाट मात्र हेरिएको छ,’ साझा प्रकाशनको २५औं वार्षिक साधारणसभामा ‘व्यत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ सार्वजनिक गर्दै मन्त्री श्रेष्ठ भनिन्, ‘शब्दकोशमा समेत महिला मन्त्री हुने त कल्पनै गरिएको पाइएन । पुरुष मन्त्रीकी पत्नीलाई मन्त्रिणी भनिएको छ । महिला मन्त्रीको पतिलाई के भन्ने ? सोचिनु पर्दैन ? त्यसैले अबदेखि मन्त्रो भनेर शब्दकोशमा राखियोस् ।’

नेपाली वाङ्मय साधकहरूले पुरुषप्रधान परिकल्पना मात्र गर्न नहुनेसमेत उनले बताइन् । भनिन्— ‘नेपाली वामङ्मय साधकहरूले पुरुषप्रधान परिकल्पना मात्रै गरेको गरेको पाइन्छ । अब यसलाई पनि हेर्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *