क्लासिक टेकद्वारा टाक्एन प्याकेज सार्वजनिक

काठमाडौँ । क्लासिक टेकले नयाँ प्याकेज सार्वजनिक गरेको छ ।

नेपालमा सन् २००९ देखी सञ्चालनमा आएको क्लासिक टेकले १२ वर्षमै  ७४ वटा जिल्लाका १०३ आउट लेटबाट सेवा प्रवाह गर्दै आएको छ ।

देशमा इन्टरनेट प्रयोग गर्ने सङ्ख्या बढ्दै जाँदा क्लासिकले कम मूल्यमा उच्च गतिको इन्टरनेट सुविधा सबै गाउँ र सहरमा सेवा दिँदै आएको जनाएको छ ।

५ जिएचजे राउटर र मेष वाइफाई ल्याएको क्लासिक टेकले इन्टरनेटको आवश्यकता र आफ्ना प्रयोगकर्ताहरूको समस्या बुझेर छिटो छरितो र कम मूल्यमा उच्च गतिको इन्टरनेट सुविधा टाक्एन प्याकेज ल्याएको हो ।

कम्पनीले फेसबुक लाइभ मार्फत नयाँ ब्रान्ड एम्बासेडर बिपिन कार्कीद्वारा उक्त प्याकेज सार्वजनिक गरेको हो ।

कम्पनीले ‘उच्च गतिको इन्टरनेट सेवा  न्यून  मूल्यमा  सबै सहर तथा गाउँ घरमा मा पहुँच’ भन्ने उद्देश्यले विभिन्न समयमा विभिन्न सुविधाहरू थप गर्दै आइरहेको छ ।

टाक्एन प्याकेजमा १५० एमबिपिएस,२२५ एमबिपिएस,३२५ एमबिपिएस,६२५ एमबिपिएस र १००० एमबिपिएसको बिभिन्न प्याकेज हरु समायोजन गरिएको छ।

१५० देखि १००० एमबिपिएससम्मको प्याकेज क्लास्सिकको वेबसाइट  मार्फत लिन सकिने कम्पनीले जनाएको छ ।

वर्तमान विद्यमान परिस्थितिमा इन्टरनेटको महत्त्व झन् बढेर गएको र प्रयोगकर्ताहरूले भोग्नु पर्ने सम्भावित समस्याहरूलाई मध्यनजर राखेर टाक्एन प्याकेज ल्याएको कम्पनीको भनाई छ ।

हाल कम्पनीले प्रयोक्ताहरूको प्याकेज ६५० गुणाले निःशुल्क अपग्रेड गरिएको कम्पनीको भनाई छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *