‘सिजि मेरिडिया’ प्रिमियम टिभी बजारमा

काठमाडौ । सिजी ब्रान्ड अन्तर्गत ‘सिजी मेरिडिया’ प्रिमियम टिभी बजारमा आएको छ।

कम्पनीका अनुसार यो टिभी रोमान्टिक आइफिल टावरको स्ट्यान्डबाट प्रेरित सिजी ब्रान्डको लक्जरी उत्पादनहरूमध्ये एक हो।

कला र प्रविधिको उत्कृष्ट मिलन मान सकिन्ने सिजी मेरिडियाको टिभी ‘बेजललेस डिजाइन’ जसले अगाडिको भागलाई पूर्ण रूपमा स्क्रिन मात्र बनाउन मद्दत पुर्याएको कम्पनीको भनाई छ । यस्तै, आकर्षकताका लागि ‘डायमन्ड कट’ डिजाइन प्रयोग गरिएको छ।

प्रविधि र नवीनतम विशेष चासो राख्ने सिजी ब्रान्डको उन्नत प्रविधिबाट सुसजित उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल अभिप्राय रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार बजारमा आएको यस ‘सिजी मेरिडिया’ अल मेटल फ्रेम टिभी अत्यधिक उत्कृष्ट प्रविधिबाट तयार पारिएको टिभी रहेको जनाएको छ ।

मेरिडिया टिभीमा ‘स्ट्रीमलाइन कभर’ प्रविधि जसले ग्राहकलाई वेब एक्सेसको सुविधा प्रदान गर्नेछ।

उक्त टिभीमार्फत ग्राहकले सजिलै युट्युब र आफ्ना सामाजिक सञ्जालमा प्रवेश गर्न पाउनेछन् भने गुगल प्ले स्टोर र एपल स्टोरबाट आफूले चाहेको एप्सहरू डाउनलोड गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *