ओपोद्वारा ६एनएम इमेजिङ एनपीयू मारिसिलिकन एक्स सार्वजनिक

काठमाडौ । ओपोले ओपो इन्नो डे २०२१ मार्फत आफ्नो पहिलो स्व–डिजाइन्ड अत्याधुनिक इमेजिङ एनपीयू–मारिसिलिकन सार्वजनिक गरेको छ।

६ एनएम प्रोशेस प्रविधि मार्फत निर्मित मारिसिलिकन एक्सले अत्याधुनिक एनपीयू, आईएसपी र मल्टि–टायर मेमोरी आर्किटेक्चरको समिकरण गरी अद्वितीय ऊर्जा बचतका साथै उत्कृष्ट कार्य दक्षता प्रदर्शित गर्दै रियल–टाइम आरएडब्ल्यू प्रशोधनका साथै उत्कृष्ट लाइभ प्रिभ्यूसहित फोरके एआई नाइट भिडियो कैद गर्न सकिने बताइएको छ।

‘इमेज प्रविधिको सिमाना थप फराकिलो पार्दै अघि बढ्ने ओपोको एक दशक भन्दा लामो अनुभवले क्यामेरा मोड्युल्स, लेन्स र अल्गोरिदमका क्षेत्रमा ओपोलाई उद्योगकै केही ठूला नवप्रबर्तनको प्रबर्तकका रुपमा उभ्याएको छ’, ओपोका वरिष्ठ निर्देशक जियांग बिओले भने, ‘हाम्रो नयाँ अत्याधुनिक इमेजिङ एनपीयू हाम्रालागि अहिले सम्मकै ठूलो सफलता मध्य एक हो। यसले मोबाइल ईमेजिङ प्रणालीलाई थप शक्ति प्रदान गर्दै उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्नेछ।’

उच्च गतिको समिकरण उच्च कार्य सम्पादनका साथ मारिसिलिकन एक्सको एनपीयूले १८ ट्रिलियन प्रति सेकेन्ड (टीओपीएस), हाम्रो एआई अल्गोरिदमका लागि आवश्यक कम्प्यूटिङ शक्ति भन्दा अधिक उत्सर्जन गर्ने क्षमता बोकेको कम्पनीकाे दाबी छ ।

यसमा रहेको ११.६ टीओपीएस प्रति वाट शक्ति क्षमताका कारण एनपीयूले ब्याट्रिको अधिक खपत विनानै उच्च स्तरिय कार्य प्रदर्शित गर्ने क्षमता बोक्ने कम्पनीले बताएको छ।

मारिसिलिकन एक्समा ८.५ जीबीरएसको अतिरिक्त ब्याण्डविथ सहितको डेडिकेटेड डीडीआर जडान समेत गरिएको छ।

यसको मल्टिटायर मेमोरी आर्किटेक्चरले ढिला सुस्तीमा ब्यापक कटौती गर्दै आवश्यक दोहोरो रिड साइकलका कारण हुने ऊर्जा खपतमा न्यूनीकरण पनि ल्याउने कम्पनीले जनाएको छ।

अल्ट्रा एचडीआरका लागि शक्तिशाली आईएसपी कम्पनीका अनुसार मारिसिलिकन एक्समा शक्तिशाली आईएसपी उपलब्ध गरिएको छ। यसले गर्दा २० बिट १२० डीबी डायनामिक रेन्जका तस्विर कैद गर्न सकिनेछ।

रियल टाइम आरएडब्ल्यू प्रशोधन
कम्पनीका अनुसार यसको उच्च डाटा क्षमता र बृहत्त कम्प्यूटिङ शक्तिका कारण मारिसिलिकन एक्सलाई इमेजिङ पाइपलाइनमा क्रान्तिकारी परिमार्जन ल्याउँदै आरएडब्ल्यू डोमेनको पिक्सेल लेभलमा रियल टाइम फोरके एआई प्रशोधन र २० बिट एचडीआर फ्युजन प्रत्यक्ष सम्पादन गर्ने शक्ति प्रदान गर्छ।

आरजीबीडबल्यू प्रो मोड मार्फत प्रो फरफरमेन्स
कम्पनीका अनुसार डुअल ईमेज पाइपलाइन डिजाइन र डबल रअ सुपर स्याम्प्लिङको उपयोगद्वारा मारिसिलिकन एक्सले ओपोको आरजीबीडब्ल्यू सेन्सरको पूर्ण क्षमता उजागर गर्छ।

फोरके एआई नाइट भिडियोमा उल्लेखनीय विकास
कम्पनीका अनुसार कार्य दक्षता र सम्पादन क्षमता दुवैमा ब्यापक विकासका साथ यसले स्पष्ट तथा गुणस्तरिय भिडियोहरुका लागि एआई न्वोइज रिडक्शन अल्गोरिदमको शक्ति उजागर गरेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *