काठमाडौँका यी ३ ठाउँबाट बनाउन सकिन्छ राष्ट्रिय परिचयपत्र

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबारदेखि काठमाडौँका तीन ठाउँमा राष्ट्रिय परिचयपत्र बनाउन सकिने जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, जिल्ला प्रशासन कार्यालय ललितपुर र नारायणी दरबार परिसरबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिने विभागले जनाएको हो ।

बागमती प्रदेशका भक्तपुर र ललितपुरबाहेक सबै जिल्लाका सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट परिचयपत्र बनाउन सकिने विभागको भनाई छ। यसै गरी परिचयपत्रका लागि ललितपुर जिल्ला, कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेशका सेवाग्राहीले ललितपुर जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सकिने पनि जनाएको छ ।

प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका सेवाग्राहीले नारायणी दरबार परिसरबाट राष्ट्रिय परिचयपत्रका लागि फर्म बुझाउन सक्ने विभागले जानकारी गराएको छ । सरकारले भर्खरै प्रयोगमा ल्याइएको विद्युतीय राहदानी (ई-पासपोर्ट) प्राप्त गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा लिनुपर्ने बनाएपछि परिचयपत्र लिने मानिसको सङ्ख्या बढेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *