बङ्गलादेशमा डुङ्गा आगलागीमा परी ४० जनाको मृत्यु पुष्टि, दर्जनौँ घाइते

ढाका । बङ्गलादेशको दक्षिणी जिल्ला झालाकाथीमा शुक्रबार एक नदीमा खचाखच भरिएको डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको प्रशासनले पुष्टि गरेको छ । ढाका त्रिवुनले दिएको जानकारीअनुसार धेरै यात्रुहरु जलेर गम्भीर घाइते भएकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्ने सम्भावना रहेको छ ।

बारीसालको शेर–ए–बङ्गला मेडिकल कलेज एन्ड हस्पिटल (एसबिएमसीएच) का सहायक निर्देशक डा. मोनिरुज्जामानले भने, ‘घाइतेमध्ये ५०% सम्म जलेका ६६ मध्ये १८ जना महिला रहेका छन् भने बाँकीको अवस्था पनि गम्भीर रहेको छ । आगोमा जलेर गम्भीर घाइते भएका तीन जना महिला र चार जना पुरुषलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि ढाका मेडिकल कलेज र अन्य अस्पतालहरूमा पठाइएको छ ।’

अग्नि नियन्त्रण सेवाका अधिकारीहरूले सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार ७० जनाभन्दा बढी यात्रुहरू स्थानीय अस्पतालमा पठाइएको बताएका छन् । आगो इन्जिन कोठाबाट सुरू भई मानिसहरू खचाखच भएका अन्य कक्षमा फैलिएको प्रारम्भिक अनुसन्धानले देखाएको उनीहरूले बताए ।

दापडापिया क्षेत्रमा पुग्दा बिहान ३ बजेको समयमा आगोको ज्वाला देखिएको र उक्त डुङ्गा झलाकाथी सदर उपजिल्लाको दियाकुल क्षेत्रमा गएर नदीको किनारमा अवतरण गराइएको थियो । –एएनआई

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *