कांग्रेस भक्तपुर सभापतिमा दुर्लभ थापा निर्वाचित

काठमाडाैँ । नेपाली कांग्रेस भक्तपुर सभापतिमा दुर्लभ थापा निर्वाचित भएका छन् । थापा पाँच सय ५५ मतसहित निर्वाचित भएका हुन् ।

सभापतिका अर्का उम्मेदवार अष्टकुमार कवेले चार सय ४२ मत ल्याएका थिए । उनी संस्थापनइतर समूहका हुन् । सभापति निर्वाचित भएका थापा सभापति शेरबहादुर देउवा पक्षका हुन्। उनी यसअघि पनि भक्तपुरका सभापति थिए ।

उपसभापतिमा विजय अवाल र उर्मिला वन निर्वाचित भए भने सचिवमा राजेश खड्का र सुशील बस्नेत निर्वाचित भएका छन् । सहसचिवमा भने कृष्णमुरारी न्यौपाने र यादव अधिकारी निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *