प्रिमियर लिग : लिभरपुललाई हराएर उपाधि होडमा फर्कने दाउमा युनाईटेड

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर युनाईटेड र लिभरपुल खेल्दैछन् । नेपाली समयअनुसार राति ९:१५ बाट सुरू हुने प्रतिस्पर्धा जारी सिजनको बहुप्रतिक्षितमध्येकै एक मानिएको छ ।

म्यानचेस्टर युनाईटेड जारी सिजनमा उपाधि होडलाई कायम राख्नका लागि पनि लिभरपूलसँग तीन अंक खोस्ने प्रयासमा हुनेछ । लिभरपुल भने कम्तीमा अंक नगुमाउने रणनीतिमा हुनेछ । जारी सिजन १८ अङ्कका साथ लिभरपुल तेस्रो स्थानमा रहँदा युनाईटेड भने १४ अङ्कका साथ छैटौँ स्थानमा छ । त्यसैले वर्ल्ड ट्राफोर्डमा हुने यो खेलमा युनाईटेड आज जित्नैपर्ने दबाब केही बढी हुनेछ ।

युनाइटेड घरेलु मैदानमा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको साथ केहि बलियो हुनेछ । यसै सिजन युनाइटेड आएका रोनाल्डोले ५ खेलमा ३ गोल गरिसकेका छन् । तर लिभरपूलको लय उसका लागि टाउको दुखाइ हुनेछ ।

लिभरपुल भने आफ्ना स्टार फुटबलर मोहमद सलाहको विश्वासमा हुने छ । आज युनाइटेडलाई हराउन सके लिभरपुलले उपाधि दाबेदारी कायम राख्न सक्नेछ ।

हेड टू हेड
प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेड र लिभरपुलबीच अहिलेसम्म ५८ खेल भएका छन् । जसमा युनाईटेडले २८ र लिभरपुलले १६ खेल जितेका छन् । यस्तै युनाईटेडले ७९ गोल गर्दा लिभरपुलले ६७ गोल गरेको छ । युनाईटेडले १८ खेलमा क्लीन सिट राख्दा लिभरपुलले १५ खेलमा गोल खाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *