ओलीकाे टिप्पणी- ‘माधव नेपालजस्तो अपराधीलाई एमालेमा स्थान छैन’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालबाहेक अन्य सबै नेताहरू पुनः एमालेमै फर्किने बताएका छन् । ‘बिग्रिएका तत्त्व पार्टीमा थुपारेर काम छैन,’ आइतबार (आज) गृहजिल्ला झापामा आयोजित कार्यक्रममा ओलीले भने, ‘माधव नेपालबाहेक अन्य साथीहरू पार्टीमा फर्किनुहुन्छ । तर, माधव नेपालजस्तो अपराधीलाई एमालेमा स्थान छैन ।’

एमाले देश बनाउनेहरूको पार्टी भएको ओलीको भनाइ थियो । ‘यो पार्टी भनेको देश बनाउनेहरूको पार्टी हो,’ ओलीले भने, ‘माधव नेपालजस्ता देशी–विदेशी प्रतिक्रियावादीको सेवा गर्ने र कम्युनिष्ट सरकार ढाल्नेलाई यहाँ कुनै स्थान छैन । नआए हुन्छ ।’

यस्तै ओलीले आफूले नेतृत्व गरेको सरकार ढाल्न प्रतिगामी शक्तिलाई साढे ३ वर्ष कुर्नुपरेको बताए । ‘मैले नेतृत्व गरेको सरकार ढाल्न साढे ३ वर्ष कुर्नुपर्‍याे,’ ओलीले भने, ‘यी प्रतिगामी शक्तिहरूले चाहेबित्तिकै ढाल्न सकेनन् । तिनीहरूलाई साढे ३ वर्ष लाग्यो ।’

सरकारबाट हटे पनि एमाले देशको प्रमुख शक्ति भएको दोहोर्‍याउँदै ओलीले भने, ‘सरकारबाट हटेर के भयो त सरकार ? एमाले अझै देशको प्रमुख पार्टी हो । देशको ठूलो पार्टी हो ।’ यस्तै ओलीले जनादेशमा जानु मुलुकका लागि राम्रो हुने जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *