उद्योग मन्त्रालयको जिम्मा प्रधान मन्त्रीलाई

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधान मन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । सोमबार (आज) राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी प्रधान मन्त्री देउवालाई दिएकी हुन् ।

यसअघि उद्योगमन्त्री बनेका गजेन्द्रबहादुर हमालले आइतबार (हिजो) मन्त्री पदबाट राजीनामा दिएसँगै उक्त मन्त्रालयको जिम्मेवारी राष्ट्रपतिले प्रधान मन्त्रीलाई देउवालाई सुम्पिएकी हुन् ।

प्रधान न्यायाधीशको कोटाबाट हमाल मन्त्री बनेको भन्दै आलोचना भएपछि हमालले राजीनामा दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *