हराएका १६ थान मोबाईल प्रहरीले धनीलाई बुझायो

विराटनगर । मोरङका विभिन्न ठाउँबाट हराएका १६ थान मोबाईल प्रहरीले फेला परेर धनीलाई बुझाएको छ ।

मोबाईल हराएपछि प्रहरीलाई जानकारी गराएकाहरूको मोबाईल फेला पारेर प्रहरीले धनीलाई बोलाएको हो । विभिन्न मितिमा हराएका मोबाईलहरू अनुसन्धान पश्चात बिहीबार धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

‘प्रहरीले फेला पारेका मोबाईलहरू धनीलाई बोलाएर दिइएको हो,’ उनले भने, ‘हामीलाई आएको जानकारीका आधारमा अनुसन्धान गरेर १६ जनालाई दिइएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *