आईपीएलमा आज राजस्थान र पञ्जाब भिड्ने

काठमाडौँ । ईन्डियन प्रिमियर लिग (आईपीएल)मा आज राजस्थान रोयल्सले पञ्जाब किंग्सको सामना गर्दैछ । यो खेलमा जसले जित निकाल्छ‚ त्यो टीमले चौथो स्थानमा रहेको मुम्बई ईन्डियन्स समान ८ अंक बनाउनेछ । राजस्थानले ७ खेलबाट ६ तथा पञ्जाबले ८ खेलबाट ६ अंक बनाएको छ ।

यद्यपि मुम्बईलाई चौथो स्थानबाट तल झार्न भने दुईमध्ये एक टीमले फराकिलो अन्तरले नतिजा निकाल्नुपर्नेछ ।

पञ्जाब किंग्सका कप्तान केएल राहुलले आईपीएलमा ८८ खेलमा ७९ इनिङ्स खेल्दै २९७८ रन बनाएका छन् । उनी तीन हजार रन पूरा गर्न केवल २२ रन टाढा छन् । आईपीएलमा सर्वाधिक छिटो ३ हजार रन बनाउने उनी दोस्रो खेलाडी बन्ने अभियानमा छन् । सर्वाधिक छिटो यो कोसेढुंगा पूरा गर्ने रेकर्ड अर्का आक्रामक ब्याट्सम्यान क्रिश गेलका नाममा रहेको छ । गेलले आईपीएलमा ७५ इनिङमा ३ हजार रन बनाएका छन् ।

आईपीएलको जारी सिजनमा दुवै टीमले छक्का बर्साएका छन् । पञ्जाबले अहिलेसम्म ५७ छक्का प्रहार गर्दा राजस्थानले पनि ५२ छक्का प्रहार गरेको छ । २०२१ मा डेथ ओभर्समा रोयल्स छक्का प्रहार गर्नेमा सर्वाधिक अघि छ । डेभ ओभर्समा उसले २० छक्का प्रहार गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *