सवारी दुर्घटनामा एक जनाको मृत्यु

जनकपुरधाम । सप्तरीमा सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । जिल्लाको खडक नगरपालिकामा मोटरसाइकल र पिकअप भ्यान एकआपसमा ठोक्किँदा एकजनाको ज्यान गएको हो ।

ज्यान जानेमा मोटरसाइकल चालक पर्साको जिराभवानी गाउँपालिका-३ बस्ने ३७ वर्षीय शिवशक्ती चौधरी रहेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार सोमबार मध्यराति पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका-६ विरपुरस्थित पूर्वबाट पश्‍चिमतर्फ आउँदै गरेको बा १४ च ६२७९ नम्बरको पिकअप र विपरीत दिशातर्फबाट जाँदै गरेको ना ३७ प ३८९४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी काफ्लेले जानकारी दिए ।

घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमको लागि पठाइएको र थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *