सुरक्षाको कारण देखाउँदै इंग्ल्यान्डले पनि गर्‍यो पाकिस्तान भ्रमण रद्ध

काठमाडाैँ । पाकिस्तान र इंग्ल्यान्डबिच आगामी महिनाका लागि तय भएको टी-२० श्रृंखला रद्ध भएको छ । केही दिन अघि न्युजिल्यान्डले अन्तिम समयमा पाकिस्तान सिरीज रुद्ध गरेको थियो भने अब इंग्ल्यान्डले पनि आगामी महिना हुने सिरीज रुद्ध गरेको हो ।

इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसीबी) ले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण रुद्ध गरेको जनाएको छ । इंग्ल्यान्डको पुरुष र महिला दुवै टीमले १३ र १४ अक्टोबरमा पाकिस्तानो पुरूष र महिला टीमसँग दुई-दुई खेलको टी-२० सिरीज खेल्ने कार्यक्रम रहेको थियो । यी सबै खेल रावलपिन्डीमा खेलाउने तयारी भएको थियो । त्यसपछि पुरूष टीम फर्किने कार्य तालिलिका भएपनि महिला टीमले भने १७ देखी २१ अक्टोबर सम्म ३ एकदिवसीय खेल खेल्ने कार्यपालिका रहेको थियो ।

इसिबीले एक सन्देश जारी गर्दै भनेको छ ‘हामी पाकिस्तानमा पुरुष र महिला टीम पठाउन चाहन्थ्यौं । तर अहिलेको अवस्थालाई मध्यनजर गर्दै सिरीज रुद्ध गर्नु परेको छ ।’ इसीबीले खेलाडीको सुरक्षा भन्दा ठुलो खेल नहुने भन्दै डरपुर्ण माहोलमा खेल खेल्न संभव नहुने उसको भनाई छ । उसले खेलाडी कोरोनाका कारण पहिलेदेखीनै मानसिक र शारीरिक समस्या भोगिरहेको भन्दै थप अतिरित दबाब झेल्न खेलाडी असमर्थ रहेको उसले जनाएको छ ।

अफगानिस्तानमा तालिबानको कब्जा भएसँगै पाकिस्तानमा अन्य देशहरु खेल्नका लागि अहिले सशङ्कित रहँदै आएका छन् । साथै इन्टेलिजेन्स रिपोर्टमा समेत सुरक्षा खतरा रहेको बताइने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *