अन्तिम समयको गोलले हारबाट जोगियो बार्सिलोना

काठमाडाैँ । अन्तिम मिनेटमा रोनाल्ड एराउजोले गोल गरेपछि क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा संभावित हार टार्न सफल भएको छ । घरेलु मैदान नउक्याम्पमा भएको खेलमा ग्रानडासँग बार्सिलोना १-१ गोलको बराबरी खेल्न बाध्य भयो ।

बार्सिलोनाको मैदानमा ग्रानडाका डोमिङओस डुआर्टीले खेलको दोस्रो मिनेटमानै गोल गर्दै सुरूवाती अग्रता दिलाए । तर त्यसपछि अधिकांस समय बार्सिलोनाले खेल नियन्त्रणमा लिएपनि गोल गर्न सकेन् । ७० प्रतिशत खेल नियन्त्रणका बाबजुत गोल गर्न असफल भएको थियो । बार्सिलोना फर्वाडमा फिनिसरको अभाव स्पष्ट देखिन्थ्यो ।

यद्धपि अन्तिम मिनेटमा रोनाल्ड अरुजोले बललाई जाली चुमाउदै बार्सिलोनालाई हारबाट जोगाएका थिए । ४ खेलमा ८ अंक जोडेको बार्सिलोना सातौं स्थानमा छ। गत साता बार्सिलोना च्याम्पियन्स लिगमा बार्यन म्युनिखसँग पराजित भएको थियो ।

लगातार खराब प्रदर्शनबाट बार्सिलोना गुज्रिएसँगै कोम्यानको भविष्यमाथि प्रश्न उठ्न थालेको छ। यद्धपि उनले आफुसँग अनुभवि खेलाडी नहुँदा समस्या भएको बताउँदै आएका छन् । ‘हामीले खेल रणनितीमा केही परिवर्तन गरेका छौं। हामीसँग शीर्ष खेलाडी नै छैनन् । तरपनि हामीले टोलीको क्षमता अनुसारको प्रदर्शन गर्दै आएका छौ ।’

कोम्यानले आफ्नो क्लब भविष्यका बारेमा अब आफुले कुनैपनि जवाफ नदिने बताए । उनले क्लबको भविष्यका बारेमा गरिने प्रश्न जायज नभएको दाबि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *