संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य : सर्वोच्च

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास नेपालको संविधानले परिकल्पना नगरेको बताएको छ ।

संवैधानिक इजलास विवादसम्बन्धी मुद्दामा सर्वोच्चका तर्फबाट रजिष्ट्रार नारायण पन्थीले पेश गरेको लिखित जवाफमा प्रधानन्यायाधीशबाहेकको संवैधानिक इजलास नहुने भएकाले इजलासको अध्यक्ष अरू हुन नसक्ने बताइएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थितिको विषयमा न्यायाधीश हरि फुयालको एकल इजलासले मागेको लिखित जवाफ रजिस्टार पन्थीले नेपालको संविधानले संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य भनेकाले उनी बाहेकको संवैधानिक इजलास हुन नसक्ने जवाफ पेश गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *