टोटनह्यामलाई हराउँदै चेल्सी शीर्ष स्थानमा

काठमाडाैँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्याममाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले टोटनह्याममाथि ३-० को जित हासिल गरेको हो ।

चेल्सीको जितमा थियागो सिल्भा, एन्गोलो कान्टे र एन्टोनियो रुडीगेरले एक एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफ शुरु हुनासाथ ४९औ मिनेटमा सिल्भाको गोलमा चेल्सीले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको ५७औ मिनेटमा कान्टेले गोल गर्दै चेल्सीको अग्रता दोब्बर गरेका थिए । त्यसपछि खेलको ९२औ मिनेटमा रुडीगेरले तेस्रो गोल गरेका थिए ।

यो जितपछि चेल्सी ५ खेलमा चौथो जित हासिल गर्दै १३ अंक हासिल गरेको छ र अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । १३ अंक नै रहेको लिभरपुल दोस्रो र म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै टोटनह्यामको ५ खेलमा यो दोस्रो हार हो । यस सिजनमा शुरुका लगातार तीन खेल जितेर उत्कृष्ट शुरुवात गरेको टोटनह्यामले पछिल्ला दुई खेलमा लगातार हार बेहोरेको छ । टोटनह्यामको ५ खेलमा ९ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *