ओमानमा मैदानमै मनाइयो नेपालको संविधान दिवस

काठमाडौँ ।  ओमानको अल अमारतस्थित क्रिकेट मैदानमा नेपालको संविधान दिवस मनाइएको छ ।
ओमानका लागि नेपालका राजदूत शर्मिला पराजुली ढकाल, ओमान क्रिकेट संघका प्रमुख पंकज खिमजी र नेपाली टिमका उप-कप्तान दीपेन्द्रसिंह ऐरीले केक काटेका थिए ।
बुबाको निधन भएको एक वर्ष नपुगेका कारण कप्तान ज्ञानेन्द्र मल्लले भने केट नकाटी छेउमा उभिएका थिए ।  केकमा नेपाल र ओमानको झण्डा बनाइएको थियो ।
ओमानका लागि नेपालका राजदूत शर्मिला पराजुली ढकालले नेपाली टोलीलाई संविधान दिवसको र आजको खेलमा जितको शुभकामना दिएकी थिइन् ।
कार्यक्रममा ओमान क्रिकेट संघका प्रमुख खिम्जीका साथै ओमान क्रिकेट संघका उच्च पदाधिकारी, अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का पदाधिकारी र ओमानका क्रिकेट खेलाडीको उपस्थिति थियो । खेल हेर्न मैदानमा पुगेका दर्शकलाई लन्च बक्स वितरण गरिएको थियो ।
संविधान दिवसको अवसरमा शनिबार साँझ नेपाली राजदूतावास दीप प्रज्वलन नेपालको झण्डोत्तोलन गरिएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *