सुखद होला ह्वाटमोरको बिदाई !

नेपालले आज ओमानको सामना गर्दै

काठमाडौँ । विश्वकप लिग २ को दोस्रो चरणमा नेपाल ओमानमा त्रिकोणात्मक श्रृंखला खेलिरहेको छ । पछिल्ला दुई खेलमा लगातार पराजित नेपाल तेस्रो खेलमा आयोजक ओमानसँग आज  प्रतिस्पर्धा गर्दै छ ।

खेल नेपाली समय अनुसार आज बेलुका ४:१५ बजे शुरू हुँदैछ । ओमानसँग मैदान उत्रंदा नेपाललाई ओमानसँगको हारको ‌बदला लिने र टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको विदाई सुखद बनाउने अवसर छ ।

नेपाली क्रिकेट टिम ओमान भ्रमणमा पुगे लगत्तै प्रशिक्षक डेभ व्हाटमोरले राजीनामा दिएका थिए । ह्वाटमोरले परिवारबाट टाढा रहेर कोरोना महामारीकालमा काम गर्न कठिन भएकोले नेपाली टिम छाड्ने निर्णयमा पुगेको बताएका थिए । यद्धपि उनी भारतको रणजि ट्रफि खेल्ने टीम बरोडा रन्जीको मुख्य प्रशिक्षक पद सम्हाल्न नेपाली टीम छोडेको चर्चा पनि हुने गरेको छ ।

गत डिसेम्बरमा एक वर्षका लागि नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका ह्वाटमोरले आफ्नो कार्यकालमा नेपाललाई नेदरल्याण्ड र मलेसियासँगको त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधि दिलाएका थिए ।

कप्तान ज्ञानेन्द्र मल्लले ओमानसँगको अन्तिम खेल जित्दै ह्वाटमोरको बिदाई सुखद बनाउने प्रयास गर्ने बताए । उनले भने ‘ओमान भ्रमणको अन्तिम खेल जित्दै प्रशिक्षकको बिदाइ सुखद बनाउने लक्ष्य छ।’ उनले नेपालले अघिल्ला खेलका गल्ति सुधार्ने प्रयास गर्ने पनि बताए ।

नेपालले ओमान भ्रमणको सुरुवातमा खेलेका पपुवा न्यु गिनीसँगका दुईवटा अभ्यास खेल जितेको थियो । त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा अमेरिकालाई पराजित गर्दै राम्रो सुरुवात गरेको नेपाल त्यसपछि भने खराव लयको सिकार भयो । त्यसपछि ओमान र अमेरिकासँगका लगातार दुई खेलमा पराजित हुँदा नेपाली टीमलाई अन्तिम खेलमा जित निकालेर खेलस्तर नसक्केको प्रमाण दिनुपर्ने पनि छ ।

तर पछिल्लो ५ एकदिवसीय अन्तर्राष्ट्रियमा अपराजित रहेको र उत्कृस्ट लयमा रहेको घरेलु टोली ओमानलाई हराउन नेपाली टिमलाई सहज भने हुने छैन ।

ह्वाटमोरको यो दोस्रो अन्तराष्ट्रिय श्रृंखला हो । कोभिड-१९ का कारण उनको अनुबन्ध पछि नेपालले धेरै खेल खेल्न पाएको छैन । ह्वाटमोरको कार्यकालमा नेपाली क्रिकेट टिमका युवा खेलाडिले अवसर पाएका छन् । उनी संभवत ओमानबाटै श्रीलंका फर्कनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *