कोइराला भन्छन्ः

‘जनतालाई केन्द्रमा राखेर संविधान परिष्कृत गर्नुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानले जनताका नैसर्गिक अधिकारलाई प्रत्याभूत गरेको बताएका छन् । सातौं संविधान दिवसको शुभकामना व्यक्त गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । ‘विद्यमान संविधानमार्फत मुलुकमा संघीयता लोकतान्त्रिक गणतन्त्र सुनिश्चित र संस्थागत भएको छ । यसका अतिरिक्त संविधानले जनताका नैसर्गिक अधिकारहरूलाई प्रत्याभूत गर्दै वर्ग, क्षेत्र र समुदायको विविधता र विषेशताका समग्र आयामहरूको सुरक्षा प्रदान गर्दै जनतालाई नै शासन सत्ताको केन्द्रमा राखेको छ,’ नेता कोइरालाले भनेका छन् ।

संविधान गतिशील दस्ताबेज भएको उल्लेख गर्दै नेता कोइरालाले थपेका छन्, ‘जनताको अनुभवबाट मुलुकको बृहत्तर हितलाई केन्द्रमा राखेर समयानुकूल परिष्कृत र विकसित गर्न सकिने आधार निर्माण गरेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *