सभामुख भन्छन्ः

म आफैं अहिलेको अभ्याससँग सन्तुष्ट छैन : सभामुख

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान व्यवस्थामा थुर्पै सुधार्नुपर्ने विषयहरू रहेको बताएका छन् । संविधान दिवसको अवसरमा संघीय संसद्, विधायन व्यवस्थापन समितिले शनिबार (आज) संसद् भवन नयाँ बानेश्वरमा आयोजना गरेको ‘विधायिकी खुलापन–लोकतन्त्र मेला’लाई सम्बोधन गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् । ‘साँच्चै नै भन्ने हो भने म पनि अहिलेको अभ्याससँग सन्तुष्ट छैन,’ सभामुख सापकोटाले भने, ‘सन्तुष्ट छैन भन्नुको अर्थ के भने अझै यो अभ्याससँग थुप्रै विषयहरू सुधार्नुपर्ने रहेका छन् ।’

सबै दलहरूमा आन्तरिक लोकतन्त्रको अभाव हुँदै गएको सभामुख सापकोटाको भनाइ थियो । ‘पार्टीहरूमा पनि आन्तरिक लोकतन्त्रको अभाव देख्छु,’ सभामुख सापकोटाले भने, ‘लोकतन्त्र भनेको उपदेश दिने विषय होइन, लोकतन्त्र भनेको अरूलाई प्रवचन दिने विषय होइन । यो भनेको त अनुशासनमा रहेर व्यवहार र जीवनमा लागू गर्ने कुरा हो । म सभामुख बनेको करिब २ वर्ष हुन लाग्यो । यहाँ बसेर हेर्दा यो प्रष्ट देख्छु ।’

लोकतन्त्र सुदृढिकरणको लागि सबै दलहरूले आ–आफ्नो ठाउँबाट सोच्नुर्पे सभामुख सापकोटाको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *