राष्ट्रपतिद्वारा ५३१ कैदीलाई माफी मिनाहा

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरुलाई माफी मिनाहा दिएकी छिन् ।

राष्ट्रपतिको कार्यालयकाअनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् भने अन्य ८ जनाको कैद सजाय माफी गरेकी हुन् ।

मन्त्रिपरिषद्को २९ भदौको बैठकको सिफारिसबमोजिम संविधानको धारा २७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मुलुकी फोजधारी कार्यविधि संहिता, ०७४ को दफा १५९ को प्रावधान अनुसार पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेत ८ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए । त्यस्तै, हर्कबहादुर राई समेत ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *