सभापति पदको दाबीबाट पछाडि नहट्ने प्रकाशमानको अडान

काठमाडाैँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनभित्र रहेका केही दलभित्रको आन्तरिक व्यवस्थापनको अलमलका मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएका छन् । गणेशमान सिंहको २४औँ स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले शोभा भगवतीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताउनु भएको हो ।

कार्यक्रम नेता सिंहले गठबन्धनमा भएका दलहरूबिच कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन ढिलाइ भएको भन्दै छिटै सरकारले पूर्णता पाउने बताए । कम्युनिष्टहरुको दुई तिहाइको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेको बताउँदै कम्युनिष्टहरुले संविधानको भावना र मर्म अनुसार काम गर्न नसकेकै कारण गठबन्धनको निर्माण भएको उनको भनाई थियो ।

याे पनि : गणेशमान सिंह र २४औँ स्मृति दिवस (तस्बिरहरू)

नेता सिंहले पार्टीको १४औँ महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए । पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको भन्दै विवाद भएका जिल्लामा विधि अनुसार समाधान गर्नु पर्ने बताए । ‘पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको छ,’ उनले भने, ‘महाधिवेशन निष्पक्ष तवरले गर्नुपर्छ । विवाद भएका जिल्लामा विधि विधान अनुसार समधान गर्न सभापति लगायत सम्पूर्ण नेताहरू लाग्नु पर्दछ ।’

अर्को प्रसङ्गमा नेता सिंहले साझा उम्मेदवारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको जानकारी दिए । आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने उनको दाबी छ । कार्यक्रममा उनले सर्वोच्च नेता गणेशमान सिंहले नेपालको राजनीतिमा पुर्‍याएको योगदानको स्मरण गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *