आजको मौसम, यी प्रदेशमा छ वर्षाको सम्भावना

काठमाडौँ । भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभावले नेपालका अधिकां स्थानमा सामान्यदेखि पूर्ण बदलीसहित वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ रहेकाले हाल देशभर सामान्यदेखि पूर्ण बदली सहित बागमती प्रदेशका धेरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

शनिबार

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आइतबार

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशहरूका थोरै स्थानहरुमा र अन्य प्रदेशहरूका एक-दुई स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ ।

सोमबार

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूका थोरै स्थानहरुमा र अन्य प्रदेशहरूका एक-दुई स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ ।

वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *