नेपाल अमेरिकासँग ६ विकेटले पराजित

काठमाडौँ । विश्व क्रिकेट लिग २ अन्तर्गतको एकदिवसीय क्रिकेटमा  नेपाल अमेरिकासँग पराजित भएको छ । पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपाल दोस्रो खेलमा  ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १७५ रनको सामान्य लक्ष्य अमेरिकाले २९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

अमेरिकालाई जिताउन स्टेभन टेलरले ९२ रन बनाए । मोनांक पटेलले नटआउट ३८ रन र जसकरण मलहोत्राले नटआउट ३६ रन जोडे।

नेपालका सन्दीप लामिछाने र करण केशीले दुई दुई विकेट लिए । सन्दीपले पाँचौँ ओभरमा दुई विकेट लिंदै नेपालको आशा जगाए पनि जीत सम्भव भएन । करण केसीले लगातार दुई विकेट लिएका थिए । लक्ष्य कम भएका कारण पनि अमेरिकाका ब्याट्स्म्यानले सजिलै जित हात पारे ।

ओमानस्थित अल अमरेत मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपाल ४८ ओभरमा १७४ रनमा अलआउट भएको थियो ।

नेपाली ब्याटिङ लाइन अप आजपनि चल्न सकेन । ओपनर कुशल भुर्तेलले ३६ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले ५५ रन बनाए । उनले १०५ बल खेल्दै करिअरको तेस्रो एकदिवसीय अन्तराष्ट्रिय अर्धशतक प्रहार गरे।

त्यस्तै डेब्यु खेलाडी गुल्नश झाले २८ रन बनाउँदा विनोद भण्डारी १० रनमा आउट भए । करन केसीले १२ र सन्दीप लामिछानेले १० रनको योगदान गरे ।

नेपालका पाँच खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

आशिफ शेख ३, रोहित पौडेल २ रन तथा कुशल मल्ल शुन्य रनमा आउट हुँदा सोमपाल कामी २ रन बनाएर पेभिलियन फर्किए । शुसन भारी २ रनमा नटआउट रहे ।

अमेरिकाका लागि सउरभ नेट्राभल्करले सर्वाधिक ४ विकेट लिंदै नेपाललाई दबाबमा राखे । यहि सिरिजको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *