एकै ओभरमा दुई विकेट गुमाएको नेपालको कमजोर ब्याटिङ

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग टूअन्तर्तगत अमेरिकासँगको खेलमा पहिले ब्याटिङ गरिरहेको नेपालले सामान्य ब्याटिङ गरिरहेको छ । बीचमा केही सम्हालिएको प्रदर्शन गरेको नेपालले ३९औं ओभरमा २ विकेट गुमायो ।

यो ओभरमा गुल्सन झा २८ र कुशल मल्ल शुन्य रनमा आउट भए । आजै राष्ट्रिय टिममा डेब्यु गरेका गुल्सनले ५३ बलमा २ चौका र १ छक्का सहित २८ रन बनाए ।

नेपालले ३९ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर १४२ रन बनाएको छ । क्रिजमा ज्ञानेन्द्र मल्ल र साेमपाल कामी छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *