एकदिवसीय अन्तराष्ट्रियमा क्रिकेटमा ज्ञानेन्द्रको तेस्रो अर्धशतक

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एकदिवसीय अन्तराष्ट्रियमा तेस्रो अर्धशतक प्रहार गरेका छन् ।

आईसीसी विश्व क्रिकेट लिग टू अन्तगर्त ओमनमा चलिरहेको त्रिकोणात्मक खेल अन्तर्गत अमेरिकासँगको खेलमा उनले अर्धशतक प्रहार गरेका हुन् । उनले  ९१  बलमा ३ चौकासहित अर्धशतक पूरा गरे । उनले अन्तराष्ट्रिय टी-ट्वेन्टी प्रतियोगितामा एक अर्धशतक प्रहार गरेका छन् ।

तेस्रो ओभरमा ओपनर आसिफ शेखलाई गुमाएपछि मैदानमा आएका कप्तान मल्लले सुझबुझपुर्ण ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका हुन् ।
प्रतियोगितामा पहिले ब्याटिङ् गरेको नेपालले मध्यम प्रदर्शन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *