नेपालका आसिफ, कुशल र रोहित आउट

काठमाडौँ । आईसीसी विश्वकप लिग टूअन्तर्गत त्रिकोणात्मक एकदिवसीयमा अमेरिकासँग खेलिरहेको नेपालले तीन विकेट गुमाएको छ । नेपालका दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेख तथा रोहित पौडेल आउट भएका हुन् ।

ओमानको अल अमरेत मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सुरुवातका १० ओभरमा १ विकेट गुमाउँदै ५३ रन बनाएको थियो, तर त्यसपछि कुशल  र रोहितको विकेट छिट्टै गुमाएको हो ।

कुशलले ३६ रन बनाए भने आरिफले ३ र रोहितले २ रन बनाए । तेस्रो ओभरमा टिमको स्कोर ५ रन हुँदा आसिफ व्यक्तिगत ३ रनमा आउट भएका थिए । तथापी कप्तान ज्ञानेन्द्र मल्ल र कुशलले दोस्रो विकेटका लागि ४७ रनको साझेदारी गरे । तर कुशल आउट भएपछि आएका रोहित २ रनमै आउट भए ।

नेपालले १७ ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर ६८ रन बनाएको छ । अहिले क्रिजमा ज्ञानेन्द्र र विनोद भण्डारी छन् । अमेरिकाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि नेपाल पहिले ब्याटिङ्मा छ । नेपालले आज तीव्र गतिका बलर गुलशन झालाई डेब्यू गराएको छ ।

गुलशनलाई बलर सोमपाल कामीले डेब्यू क्याप दिएका थिए । ओमन सिरिज अन्तरगत अमेरिकासँगको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो । तर दोस्रो खेलमा भने नेपाल ओमनसँग ५ विकेटले पराजित भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *