वृज सिमेन्टको एक्सपर्ट मेशन क्लबमा आवद्ध परिवारलाई ५ लाख सहयोग

काठमाडौँ । वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिको वृज एक्सपर्ट मेशन क्लबमा आवद्ध सदस्यलाई घरले च्यापेर मृत्यु भएपछि मृतकका परिवारलाई कम्पनीले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

गत जेठ ८ गते क्लबका सदस्य प्युठान जिल्ला नौबहिनी गाउँपालीका १ स्याउली वाङका ३९ वर्षीय बोमबहादुर मल्ल, उनकी श्रीमती र छोरा गरी तिन जनाको घटनास्थलमै मुत्यु भएको थियो । सोही परिवारलाई वृज सिमेन्टले ५ लाख रुपैयाँ बीमाबापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका एरिया सेल्स म्यानेजर नारायण जिसीले मृतककी छोरी कुमारी मल्ललाई ५ लाख रूपैयाँकाे चेक हस्तान्तरण गरेका थिए । वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले वृज सिमेन्ट एक्सपर्ट मेसन क्लब स्थापना गरी क्लबमा आवद्व सदस्यहरुको ५ लाख बराबरको बीमा योजना अघि बढाएको छ ।

देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम गर्दै निर्माणक्रर्मीलाई “एक्सपर्ट मेशन क्लब”मा आवद्ध गरेर बीमा सहितका थप सुविधाहरु प्रदान गर्दै आएको वृज सिमेन्ट कम्पनीका सेल्स म्यानेजर नुमेन्द्र पौडेलले जानकारी दिए ।

कम्पनीले हालै ल्याएको एक्सपर्ट मेसन क्लब योजनाबारे जानकारी दिनका लागि  काठमाडाैँ, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशुली, आँबुखैरेनी, लमजुङ, पोखरा, दमौलीवालिङ, नारायणघाट, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर,शीतलनगर,बुटवल, स्याङ्जामा कार्यक्रम सञ्चालन गरिएको थियो ।

कम्पनीले २ हजार ५ सय बढी निर्माणक्रमी साथीलाई ‘एक्सपर्ट मेशन क्लब’ मा आवद्ध गरिसकेको वृज सिमेन्टले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *