विप्लव नेतृत्व नेकपाको केन्द्रीय बैठक बन्दिपुरमा 

पोखरा । नेपाल कम्युनिस्ट पार्टीको ११ औँ केन्द्रीय बैठक बन्दिपुरमा सुरु भएको छ । नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको सो पार्टीको बैठक बन्दिपुर माउण्टेन रिसोर्टमा हुँदै छ । बैठकमा सहभागी हुन विप्लव आफै उपस्थित छन् ।

बैठक असोज ५ गतेसम्म चल्ने स्थानीय नेता निरु थापाले जानकारी दिए । बैठकमा समितिका ७६ सदस्य सहभागी छन् । उनीहरूको सुरक्षा पूर्व जनमुक्ति सेनाले मिलाएका छन् । राजनीतिक प्रतिबन्ध फुकुवा भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

बैठकले हालसम्मको समीक्षा गर्ने र भावी कार्यक्रमको दस्ताबेज तयार पार्ने नेतृ उमा भुजेलले जानकारी दिइन् । केन्द्रीय बैठक सहित बन्दीपुरमा पार्टी कार्यकर्ता प्रशिक्षण पनि हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *