लोसपाले संविधान दिवस कालो दिनको रुपमा मनाउने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउने भएको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो । तर, मधेशको माग सम्बोधन नगरी संविधान जारी गरिएको भन्दै मधेशवादी दलहरूले कालो दिनको रुपमा मनाउँदै आएका छन् ।

संविधान जारी गर्दा तत्कालीन मधेशवादी दलहरू सहभागी भएनन् । उनीहरूको सहभागिता बिना नै संविधान अत्याधिक बहुमतले जारी गरिएको थियो । तर, यसलाई अस्वीकार गर्दै मधेशवादी दलहरूले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँदै आएका हुन् ।

यसवर्ष पनि जनता समाजवादी पार्टी नेपालबाट अलग भएर गठन भएको लोसपाले संविधान दिवस (३ असोज)लाई कालो दिनको रुपमा मनाउने नेता एकवाल मियाँले बताए । ‘हाम्रो माग मुद्दा पूरा नभइन्जेलसम्म कालो दिन नै हो । हाम्रो माग र मुद्दालाई सम्बोधन गरेर संविधान संशोधन गरेको खण्डमा हामी उत्सवकै रूपमा पनि मनाउन सक्छौँ,’ उनले भने ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले आन्तरिक सर्कुलर जारी गर्दै जिल्लाका संयोजकहरूलाई संविधान दिवसको दिन विरोधसभा, कोणसभा, जुलुस, ब्ल्याक आउटलगायत विरोधका कार्यक्रम गर्न भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *