ट्रम्पले चीनमाथि आक्रमण गर्ने हल्ला चलाएपछि…

काठमाडौँ । अमेरिकाको वासिङ्गटन पोस्टका दुई पत्रकारले लेखेको किताब ‘पेरिल’ले अमेरिकामा हल्लाखल्ला मच्चाएको छ । पेरिलले ट्रम्पले चुनाव जित्नलाई चीनलाई कुनै न कुनै रूपमा आक्रमण गर्ने रणनीति बनाएको खुलासा गरेको हो ।

ट्रम्पले बाइडेनसँग चुनाव हार्ने लगभग निश्चित भएपछि चीनलाई आक्रमण गरेर अन्तर्राष्ट्रिय सङ्कट कायम गर्न खोजेको र अमेरिकी सेना प्रमुखले त्यसलाई रोक्न सक्दो पहल गरेको पुस्तकमा उल्लेख गरिएको छ । मंगलबार न्यूयोर्क टाइम्सले पुस्तकका बारेमा समाचार प्रकाशित गरेको थियो । समाचारमा अमेरिकी सेना प्रमुख जर्नेल मार्क ए. मिलेले ट्रम्पको आक्रमण बारेमा सम्भावित जोखिम कम गर्न सक्रियता जनाएको उल्लेख गरिएको छ ।

उनले आफ्ना कमान्डरहरूलाई भेटेर ट्रम्पले आणविक हतियार चलाउने निर्णय गरे पनि त्यसको प्रक्रिया भएको र प्रक्रियामा आफ्नो उपस्थिति र सहमति नभएको ध्यानाकर्षण गराएका थिए । उनले आणविक हतियार सम्बन्धी शाखा हेर्ने कमान्डरहरूलाई व्यक्तिगत रूपमा भेटेरै र सामूहिक भेला गराएर त्यसो भनेको न्युयोर्क टाइम्सले लेखेको छ । ट्रम्पले सन् २०२० को चुनावका बेला त्यस्तो हर्कत गर्ने भन्दै जर्नेल मिलेले अमेरिकी सिनेटकी सभामुख न्यान्सी पेलोसीलाई समेत भेटेको पुस्तकमा उल्लेख गरिएको न्यूयोर्क टाइम्सले लेखेको छ ।

सन २०२० को जनवरी ८ मामिलेले चीनका सेना प्रमुख जर्नेल जिजोचेङलाई टेलिफोन गरेर अमेरिकाले चीनलाई आक्रमण नगर्ने आश्वस्त पारेका थिए । क्यापिटोल हिलमा ट्रम्प समर्थकहरूले हुल हुज्जत गरेको दुई दिनपछि मिलेले लिलाईकल गरेका थिए । कल गर्नुअघि चीनका गुप्तचरले अमेरिकी चुनावी नजिता भाँड्न ट्रम्पले चीनलाई आक्रमण गर्ने र अन्तर्राष्ट्रिय सङ्कट ल्याएर आफ्नो सत्ता कायम गर्ने योजना गरेको सूचना पाएको पुस्तकमा उल्लेख छ ।

जेनेरल लिलाई मिलेले आश्वस्त पारेपछि भने चीन ढुक्क भएको पुस्तकमा लेखिएको छ । बजारमा केही समयपछि मात्रै आउने पुस्तकको पान्डुलिपी नै पाएर समाचार बनाएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *