तनहुँको मुसेखोलामा ट्रक पल्टियो, एक जनाको मृत्यु

पोखरा । तनहुँमा ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ । व्यास नगरपालिका १२ मुसेखोला पुल नजिक डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिएको हो ।

ट्रकमा सवार २ जनामध्ये ट्रक चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छैन । नवलपुरको कावासोती बस्ने १४ वर्षका राजकुमार बिक घाइते भई उपचारको लागि रत्नहरी अस्पताल दमौली पठाइएको छ ।

उनको दुवै खुट्टामा र बायाँ  हातको कुइनोमा चोट लागको र अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *