अष्टलक्ष्मीलाई ओलीको प्रश्न- ‘पुनः पार्टी फुटाउन माधवजी चाहियो ?’ (भिडिओसहित)

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधवकुमार नेपाल आवश्यक नभएको बताएका छन् । ओलीभन्दा अघि बोलेका एमाले उपाध्यक्षसमेत रहेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपाललाई पार्टीमा फर्किन आग्रह गरेकी थिइन् । शाक्यको आग्रहलाई लक्षित गर्दै ओलीले भने, ‘हुन त केही साथीहरू अहिले पनि भन्नुहुन्छ, माधव कमरेड आउनुस् तपाईंको आवश्यकता छ । फेरि फुटाउन उहाँको आवश्यकता छ यहाँ ? फेरि फुटाउने ? के गर्न आवश्यकता छ माधव कमरेडको म बुझ्दिनँ ।’

नेपालले पार्टीमा गुटबन्दी मात्र गरेको र साढे ३ वर्षमा सरकारको पक्षमा एक शब्द नबोलेको ओलीको टिप्पणी थियो । प्रतिक्रियावादीभन्दा चर्को बोलेको भन्दै ओलीले भने, ‘जहिले पनि रोष्टममा उभिएपछि गीत गाउने ‘डुंगा डुब्न लाग्यो, लौन कोही बचाइ देऊ । कम्युनिष्टको दुई तिहाइको सरकार छ, सातमध्ये ६ वटा प्रदेशमा सरकार छ । अनि डुंगा चाहिँ डुब्न लाग्यो र कसको डुंगा डुब्न लाग्यो ?’

लामो समय नेपाल समूहमा रहेको, तर नयाँ पार्टीमा नगएर एमालेमै बसेका नेताहरुतर्फ संकेत गर्दै ओलीले लामो समयसँगै काम गर्दा माया ममता हुने भएपनि त्यसलाई छाड्नुपर्ने बताए । ‘आज देशमा निकम्मा सरकार छ, माधव नेपालजीले एमालेमाथि हमला गरेर यो अवस्था ल्याएको ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *