युरोपा लिग आजबाट

युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिताका रुपमा रहेको युरोपा लिगको औपचारिक उद्घाटन आज (बिहीबार)देखि हुँदैछ । रुसको राजधानी मस्कोका दुई टिम भएकाले बुधबार नै लिगको खेल भने शुरु भएको छ ।

समूह ‘सी’मा स्पार्टाक मस्कोले लेगा वार्सासँग प्रतिस्पर्धा गरेको थियो । जहाँ मस्कोले १-० को जित निकालेको छ । समूह ‘ई’मा लोकोमोटिभ मस्कोले मार्सेको सामना गर्नेछ ।

त्यसो त यसपटक युरोपा लिगलाई सुरूबाट नै प्रतिस्पर्धात्मक मानिएको छ किनकी यो पटक ठुलो मात्रामा टीमहरूको कटौती गरिएको छ । सन् १९९९ देखि सुरू भएको यो प्रतियोगिता यूईएफए कप र कप विनर्स कपलाई ‘मर्ज’ गरेर एउटै बनाइएपछि यसपटक ठुलो मात्रामा टीम कटौती भएको हो ।

सोही समयदेखि प्रतियोगितामा सहभागी हुने टिमको संख्या वृद्धि हुँदै आएको थियो । प्रतियोगिता विशेष गरेर युरोपेली फुटबल महासंघ (यूईएफए) ले आफ्ना सबै सदस्य देशलाई खुसी बनाउने प्रतियोगिताका रुपमा समेत स्थापित भएको थियो ।

युरोपा लिगपछि तेस्रो प्रतियोगताका रुपमा युरोपा कन्फरेन्स कप हुने छ । जहाँ ठुलो मात्रामा क्लबहरूको सहभागिता रहनेछ । गतवर्ष युरोपा लिग खेल्ने २ सय १३ क्लब थिए‚ तर यो पटक ३२ क्लबले सहभागिता जनाउँदैछन् । हरेक समुहमा ४ टीम रहने गरी कुल ८ समूहले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *