च्याम्पियन्स लिग

स्टार खेलाडीका बिच पिएसजीको बराबरी, सिटीको रवाफ

काठमाडाैँ । युरोपियन च्याम्पियन्स लिगमा स्टार खेलाडीले भरिएको पीएसजी बेल्जियमको क्लब ब्रुगसँग एक-एक गोलको बराबरीमा रोकियो । समूह ए अन्तर्गत आफ्नो पहिलो खेलमा स्टार खेलाडी मैदानमा उतारेपनि पिएसजीले कुनै चमत्कार गर्नै असफल भयो ।

सोही समूहको अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले भने रवाफिलो प्रदर्शन गर्‍यो । यसै सिजन सिटीमा आबद्ध भएका ज्याक गार्लिसले सुन्दर गोल गर्दै च्याम्पियन्स लिगको डेब्यु खेल राम्रो बनाए । आरबि लेइपजिङ विरुद्धको खेलमा  सिटीले ६-३ को प्रभावशाली जित निकाल्यो ।

घरेलु मैदान इत्तिहाद स्टेडियममा गोल वर्षा भएको स्पर्धामा दुवै तर्फ गरी ९ गोल भएको थियो । गत सिजनको फाइनलमा चेल्सीसँग पराजित भएपछि च्याम्पियन्स लिगमा पहिलो पटक मैदान उत्रिएको सिटीले १६औँ मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए । त्यसको १८ मिनेटपछि मुकिलेले आत्मघाती गोल गरेपछि सिटीको अग्रता दोब्बर भयो । तर पहिलो हाफमै पुनरागमनको प्रयास स्वरुप ४२औँ मिनेटमा एनकुन्कुले लिपजिगका लागि एक गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा रियाद माहरेजले पेनाल्टीमा गोल गर्दै सिटीको दुई गोलको अग्रतामा पुन पुर्‍याए । खेलमा एन्कुन्कुले ५१औँ मिनेटमा लिपजिगका लागि दोस्रो गोल गरे। रुबेन डियाजको पासमा ग्रिलिसले ५६औँ मिनेटमा गोल गर्दै सिटीको अग्रता ४-२ मा पुर्‍याए ।

पुन  एनकुन्कुकोले ७३ औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । तर त्यसको दुई मिनेट नबित्दै जोआवो क्यान्सेलो तथा ८५औँ मिनेटमा ग्याब्रियल जिससले सिटीका लागि गोल गरेर घरेलु टोलीको फराकिलो जित पक्का गरे । यसबीचमा समय सकिन ११ मिनेट बाँकी रहँदा एन्जेलिनोले दुई पहेलो कार्डसँगै रातो कार्ड सामना गरेर मैदान छोडेपछि लिपजिग १० खेलाडीमा सीमित भएको थियो ।

पिएसजीको अप्रत्याशित बराबरी
खेलको १५ औँ मिनेटमा एन्डेल हरेराले गोल गर्दै टिमलाई अग्रता दिलाएपनि सोही लय निरन्तरता दिन पिएसजी पूर्ण रूपमा असफल भएको थियो । २७ औँ मिनेटमा पिएसजीको अग्रता तोड्न ब्रुग सफल भयो । भनेकेनले गोल गर्दै  खेल बराबरीमा ल्याए । त्यसपछि दुवै टिमबाट थप गोल हुन नसक्दा अङ्क बाँड्न पिएसजी बाध्य भयो ।

अधिकासं समय खेल नियन्त्रणका बाबजुद स्टार खेलाडीमा तालमेल अभाव प्रस्ट देखिन्थ्यो । लियोनेल मेसी, नेयमार र केलियन एम्बाप्पेले पुरा समय मैदानमा बिताएका थिए । उनीहरूले प्रयास गरेपनि मैदानमा जादु देखाउन भने सकेनन् । च्याम्पियन्स लिग जित्ने लक्ष्य लिएको पिएसजीमा टिम समन्वय नमिलेको प्रस्ट थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *