प्रेस काउन्सिलद्वारा पत्रकारिता पुरस्कारहरू घोषणा

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विभिन्न पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।

काउन्सिलले यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार भारतदत्त कोइरालालाई सम्मान गर्ने भएको छ । यस्तै प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट कास्कीका बद्रीविनोद खनाल प्रतिकलाई सम्मान गरिने भएको काउन्सिलले जनाएको छ ।

यस्तै प्रेस काउन्सिल आचासंहिता पुरस्कारबाट हिमालय टाइम्स दैनिकका उज्जवल शर्मा‚ सशक्त सञ्चारकर्मी पुरस्कारबाट विमल गौतम र दुर्गालाल केसी, भाषागत पत्रकारिता पुरस्कारबाट लक्की चौधरीलाई पुरस्कृत गरिने भएको छ ।

त्यस्तै, प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कारबाट माधव नेपाल‚ विन्दुकान्त घिमिरे‚ गोविन्दप्रसाद चौलागाईँ‚ रामानन्द गुप्ता‚ बासुदेव शर्मा वविन‚ सुशिल अर्याल र रमेश ढुंगेललाई सम्मान गरिने भएको काउन्सिलले जनाएको छ ।

यसैगरी‚ प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट घनश्याम खड्का, उर्वशी बस्नेत न्यौपाने, एलपी देवकोटा‚ जीवन सेजुवाल‚ मेघराज खड्का‚ केसी लामिछाने‚ देवेन्द्र बस्नेत‚ देवचन्द्र भट्ट‚ भगवती थापा‚ शिवकुमार रिजाल‚ रमेश खतिवडा‚ जगन्नाथ दुलाल र तिर्थ जैसीलाई पुरस्कृत गरिने भएको पनि काउन्सिलले जनाएको छ ।

त्यस्तै‚ प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कारतर्फ अन्तर्ध्वनि साहित्यिक त्रैमासिकका सम्पादक पुरुषोतम खनाल पुरस्कृत हुने भएका छन् भने प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कारतर्फ जमुना वर्षा शर्मा‚ रुपा गहतराज‚ अञ्जु कार्की पुरस्कृत हुने भएको काउन्सिलले जनाएको छ ।

प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारतर्फ रोहित राई‚ अनन्त अनुराग महतो‚ करन ताम्राकार पुरस्कृत हुने भएका छन् ।

यसैगरी कर्मचारीतर्फ प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कारबाट महेन्द्रराज सिंह र कुशल अर्याल पुरस्कृत हुने भएका छन् भने प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुरस्कारबाट मदनकृष्ण सिलवाल र राजन सिंह पुरस्कृत हुने भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *