एमालेले भन्यो- ‘प्रतिपक्षका कारण बजेट पारित नभएको भ्रम छरियो’

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसद् अवरोधको कारणले बजेट समयमा पारित नभएको भ्रम सिर्जना गरिएको बताएको छ । ‘यतिबेला सरकार प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तोगरी भ्रम सिर्जना गरिररहेको छ,’ बुधबार (आज) महासचिव ईश्वर पोखरेले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जबकि प्रतिनिधि सभाको बैठक शुरू भएको लामो समयसम्म सरकारका लागि बजेट प्राथमिकताको विषय नै बनेन ।’

३० भदौभित्रै बजेट पारित गर्नुपर्ने बिर्सेर संसद् बैठक ४ असोजमा सारिएको भन्दै एमालेले आपत्तिसमेत जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आफूलाई इच्छा लागेको बिजनेस् स्वेच्छाचारी ढंगले अघि बढाउने सरकारले भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय बिर्सेझैँ सदन असोज ४ गते किन सारियो ?’

गत २३ भदौदेखि एमालेले प्रतिनिधि सभा अवरोध गर्दै आएको छ । २५ भदौमा बजेट अध्यादेश विधेयक पेश भए पनि बजेट भने पारित हुन सकेको छैन । बजेट पारित नभएपछि राज्यकोष सरकारले खर्च गर्न नपाउने स्थिति आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *