ओलीको प्रश्न- ‘शेरबहादुरको पछाडि हिँड्ने माधवलाई कसरी कमरेड भन्नु ?’

काठमाडौँ । नेपल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई ‘कमरेड’ भन्न नमिल्ने टिप्पणी गरेका छन् । ‘मलाई साथीहरूले माधव कामरेड भन्नुस् भन्नुहुन्छ ? कसरी कामरेड भन्नु ? एमालेमाथि बन्चरो हान्नेलाई कमरेड भन्छन् ? एमाले चोइट्याउनेलाई कमरेड भन्छन् ? माधव नेपाल कमरेड होइन, एमालेविरोधी, अपराधकर्म गर्ने मान्छे हुन् । प्रतिक्रियावादीको सेवा गर्ने कठपुतलीवाला सरकार बनाउने अगुवा हुन्,’ बुधबार (आज) को बुटवलटको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भनेका छन् ।

ओलीले अगाडि थपे, ‘शेरबहादुर देउवाको पछिपछि लखरलखर गर्ने मान्छेलाई कमरेड भन्न मिल्दैन । जो पार्टी ध्वस्त गर्न लागेको छ ।’

नेपालले एमाले नेतृत्वको सरकार छँदा सधैं असहयोग गरेको ओलीले बताएका थिए ।‘हाम्रो नेतृत्वको सरकारले राम्रो काम गर्दा माधव नेपालले कहिल्यै सरकारको समर्थन गरेको सुन्नुभयो ?,’ ओलीले भनेका छन्, ‘सरकारको प्रशंसामा एक शब्द बोलेको सुन्नुभयो ? यस्तो कुन्ठाग्रस्त मान्छेलाई तपाईंहरू कसरी कमरेड भन्नुहुन्छ ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *