च्याम्पियन्स लिग : मेस्सी, नेयमार र एमबाप्पे मैदान उत्रेलान् त एकसाथ ?

आज पिएसजी, म्यान्चेस्टर सिटी, लिभरपुल र रियलको खेल

काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज (बुधबार) समूह चरणका खेलहरू हुँदैछन् । आज समूह ए, बी, सी र डीका खेल हुँदैछन् । समूह ‘ए’मा रहेको म्यान्चेस्टर सिटीले आरबी लेइपजिङ र पीएसजीले क्लबबर्गसँग खेल्दैछन् ।

त्यस्तै समूह बीमा रहेको एट्लेटिको म्याड्रिडले पोर्टो र लिभरपुलले एसी मिलानसँग खेल्नेछन् । समूह सीबाट बोरुसिया डर्टमुन्डले बेसिक्टाससँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘डी’मा रियल म्याड्रिड र ईन्टर मिलान तथा शख्तर डोनेस्क र स्रिफ टिरसपोल खेल्दैछन् ।

आज खेलसँगै समूह चरणमा पहिलो चरणका खेल सकिनेछन् ।

मेस्सी‚ नेयमार र एम्बाप्पेको प्रतीक्षा
कुनै समय बार्सिलोनामा मेस्सी‚ नेयमार र स्वारेजको जोडी खुबै जमेको थियो । त्यसबेला बार्सिलोना निकै बलियो र उपाधि दाबेदारीमा अगाडि रह्यो । अहिले तीनै खेलाडी बार्सिलोनाबाट बाहिरिएका छन् । पछिल्लो समय विश्वचर्चित ट्रायकाको खेल प्रतीक्षामा छ । र‚ त्यो ट्रायकामा छन्- मेस्सी, नेयमार र एम्बाप्पे ।

मेस्सी पिएसजीमा गएपछि यी तीन एकै पटक मैदान उत्रिएका छैनन् । आज मध्यरातमा हुने च्याम्पियन्स लिगमा सम्भवतः मेस्सी नेयमार र एम्बापे सुरूवाती लाइनअपमा नै मैदानमा हुनेछन् । जुन क्लब फुटबलमा प्रतिक्षित छ । विश्वका उम्दा स्टारले भरिएको फ्रेन्च क्लबको एकल लक्ष्य च्याम्पियन्स लिग जित्नु हो, जसका लागि उसले सकेको प्रयास पनि गरिरहेकै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *