ओलीको नेतृत्वमा देश समृद्ध बन्छ : रायमाझी

कठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता टोपबहादुर रायमाझीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा देश समृद्ध हुने दाबी गरेका छन् ।

बुटवलमा बुधबार (आज) आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले यस्तो बताएका हुन् । ‘अब हाम्रो पार्टीका अध्यक्ष केपी ओलीज्यूको नेतृत्वमा देशमा समृद्धि आउँछ,’ नेता रायमाझीले भने, ‘उहाँको नेतृत्वमा देशमा समृद्ध बन्छ ।’

यस्तै नेता रायमाझीले आउँदो चुनावमा एमाले सबैभन्दा ठूलो दल हुने दाबी गरेका छन् । ‘आउँदो चुनावमा एमाले सबैभन्दा ठूलो दल बन्छ,’ रायमाझीले भने, ‘त्यसपछि उहाँ (ओली) कै नेतृत्वमा सरकार बन्छ । यसपछि देश समृद्ध हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *