उज्वेकिस्तान पुग्यो नेपाली महिला फुटबल टीम

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोली महिला एसियन कप, २०२२ को छनौट खेल खेल्न उज्वेकिस्तानको तास्केन्त पुगेको छ ।

सोमबार, राति ११ बजे काठमाडौँबाट प्रस्थान गरेको ३३ सदस्यीय नेपाली टोली यहाँको गएराति तास्केन्त पुगेको हो ।

तास्केन्त पुगेलगत्तै टोलीको पीसीआर परीक्षणका लागि नमूना सकंलन गरिएको छ । पीसीआरको रिपोर्ट नआउन्जेल, टोली होटेल क्वारेन्टीनमा रहने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले खेलाडीले लामो यात्रा तय गरेर आएकाले विश्राम जरुरी रहेको र क्वारेन्टीनको अवधिमा टोलीले पूर्णतया विश्राम लिने बताएका छन् । छनोटअन्तर्गत नेपालले यही सेप्टेम्बेर १८ मा फिलिपिन्स र २१ मा हङ्कङसँग खेल्नेछ । उज्वेकिस्तान जानुअघि नेपालले काठमाडौँमा बंगलादेशसँग दुई अभ्यास खेल खेलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *