रोनाल्डोको गोलका बाबजुद युनाइटेड पराजित

काठमाडाैँ । पहिलो हाफमा नै १० खेलाडीमा सीमित भएको म्यानचेस्टर युनाईटेड अतिरिक्त समयको अन्तिम मिनेट समालिन नसक्दा नाटकीय पराजयको सिकार भएको छ।

युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह एफको आफ्नो पहिलो खेलमा स्विस क्लब योङ ब्वाइजसँग युनाईटेड २-१ ले पराजित हुँदा अन्तिम मिनेट योङका लागि निर्णायक रह्यो। युनाईटेडका वान बिसाकाले क्रिस्टोफर मार्टिन्समाथि गम्भीर ट्याकल गरेपछि ३५ औ मिनेटमा नै टोली १० खेलाडीमा सीमित हुन पुगेको थियो। उनलाई रेफ्रिले सिँधै रातो कार्ड दिएका थिए। यद्यपि त्यसअघिकै १३ औ मिनेटमानै रोनाल्डोले टीमलाई अग्रता दिलाएका थिए। तर अन्तिम केही सेकेन्ड समालिन नसक्दा युनाईटेड अङ्क विहीन बन्न पुग्यो।

दोस्रो हाफमा आक्रामक देखिएको घरेलु टोलीले ६६ औ मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो। इन्ज्युरी समयको अन्तिम मिनेटमा जेसी लिंगार्डको गल्तीमा योङ ब्वाइजका सिबाचुले गोल गरेपछि योङ ब्वाइजले खेल जित्न सफल भएको थियो।

योङ ब्वाइजको यो च्याम्पियन्स लिगको इतिहासमा दोस्रो जित हो। यो समूहमा योङ ब्वाइज ३ अङ्क जोड्न सफल भएको छ। समुहको अर्को खेलमा भिल्ला रियल र एट्लान्टाले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडे। सबैले अङ्क जोड्दा पहिलो खेलमा युनाईटेडमात्र अङ्क विहीन बन्यो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *