नेपाल ओमानसँग ५ विकेटले पराजित

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १९७ रनको लक्ष्य ३१ औँ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै ओमन विजयी भएको हो ।

ओमानका जतिन्दर सिंहले ११२ रन बनाए । उनले मात्र ६२ बलमा १२ चौका र ६ छक्का प्रहार गरे । उनले पाँचौं ओभरमा सोमपाल कामीलाई ३ चौका र ३ छक्का सहित ३० रन प्रहार गरे । उनलाई कुशल मल्लले आउट गरे ।

नेपालका करण केशी र कुशल मल्लले दुई दुई तथा सुशन भारीले एक विकेट लिए पनि ओमानका ब्याट्स्म्यानले नेपाली बलरहरुलाई हायलकायल पारेका थिए । खेल्ने क्रममा घाइते भएकाले सन्दीप लामिछानेले बलिङ् गरेनन् ।

यसअघि, टस जितेर ब्याटिङ् रोजेको नेपाल ४७ ओभर ४ बलमा १९६ रनमा अलआउट भएको थियो । पहिलो ओभरमै कुशल भुर्तेललाई गुमाएको नेपालको इनिङ आशिफ शेखले ९० रन बनाउँदै केही सम्हालेका थिए । उनले ११२ बलमा १ छक्का र ७ चौकासहित ९० रन बनाए ।

कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१, २१, रोहितकुमार पौडेलले २० र सन्दीप लामिछानेले १६ रन बनाए ।

आशिफले ज्ञानेन्द्रसँग दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गरे । यस्तै तेस्रो विकेटका लागि आशिफ र रोहितले ४२ रनको साझेदारी गरेका थिए । टिमको स्कोर १०० रन हुँदा रोहित आउट भए ।

त्यसपछि विनोद भण्डारी मात्र ६ रनमा आउट भए । त्यस्तै सोमपाल कामीले ७ कुशल मल्लले र ४ विक्रम सोबले २ रन बनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *