माओवादी केन्द्रको विधान पारित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको विधान पारित गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टीको विधान पारित गर्दै केन्द्रीय कमिटी वा राष्ट्रिय सम्मेलनबाट अनुमोदन गराउने निर्णय गरेको छ । त्यस्तै बैठकले नेता विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन आयोग गठन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

आयोगलाई आफ्नो नियमावली र निर्देशिका बनाउन जिम्म दिएको महराले बताए । त्यस्तै बैठकले माओवादीसँगको एकताका क्रममा आएका विभिन्न तहका नेता कार्यकर्ताको समायोजन र उचित जिम्मेवारी प्रदान गर्नका लागि गठित कार्यदलको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको प्रवक्ता महराले बताए ।

माओवादीले पार्टीका केन्द्रीय आयोगहरूलाई २५ सदस्यीय तथा विभागहरू ३५ हुने व्यवस्था पनि निर्धारण गरेको छ । माओवादीले आयोग तथा विभागमा रहने नेताहरूको सिफारिस गर्न सुझावहरू संकलन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *