काठमाडौँमा बोक्सी आरोपमा महिलामाथि कुटपिट

काठमाडौँ । महिलामाथि बोक्सी आरोपमा काठमाडौँमै कुटपिट भएको छ । कुटपिटमा संलग्न भएको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न भएको अभियोगमा पीडित महिलाकी श्रीमान्, धामी दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डेलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसर, टेकुले जनाएको छ । घटना ९ दिनअघिकाे भएको पनि महाशाखाले जनाएको छ ।

स्वयम्भूको ठूलो भर्‍याङमा भएको घटनाबारे ढिलो जाहेरी परेको र जाहेरीपछि उनीहरूलाई पक्राउ गरी बोक्सी आरोपसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको पनि महाशाखाले जनाएको छ ।

पेट दुख्ने समस्या भएकी महिलालाई श्रीमानले झारफुकका लागि धामी थिङकोमा लगेको र थिङले महिलालाई बोक्सी चढेको बताएपछि श्रीमानसहित महर्जन र पाण्डेले पनि कुटपिट गरेको पीडितले दाबी गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *