रोहित आउट, नेपालको सय रन पूरा

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानसँगको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।  नेपालका रोहितकुमार पौडेल २० रनमा आउट भए । उनी चाैबीसौँ ओभरको पहिलो बलमा आउट भएका हुन् ।

आशिफ शेख अर्धशतक बनाएर खेलिरहेका छन् । यसैबीच नेपालले १०० रन पूरा गरेको छ ।

एकदीवसीयमा यो उनको पहिलो अर्धशतक हो ।

पहिलो ओभरमै ओपनर कुशल भुर्तेल शुन्यमा र कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *