लर्न इन्फिनिटीका ३ कोर्सहरू निमा एकेडेमीमा उपलब्ध

काठमाडौं । निमा एकेडेमी र लर्न इन्फिनिटीबीच सहकार्य भएको १ महिना नबित्दै निमा एकेडेमीले लर्न इन्फिनिटीका ३ कोर्सहरू आफ्नो एप र वेबसाइटमा उपलब्ध गराएको छ ।

यी ३ कोर्सहरू ११ वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि भएको निमा एकाडमीले जनाएको छ ।

लर्न इन्फिनिटीले वास्तविक जिवनमा उपयोगी कला तथा कौशल र व्यक्तिगत विकासका शैक्षिक सामग्रीहरू लिएर आउने गरेको जनाएको छ ।

लर्न इन्फिनिटीमा समग्र व्यक्तिगत विकासका शैक्षिक सामग्रीहरू, कला, कौशल र रचनात्मकता, स्वस्थ र पोषण, सम्बन्ध, बालापन, किशोरावस्था अनि अभिभावकत्व, मन र आत्मा अनि क्यारियर र उत्पादकत्व आदि विषयमा आधारित शैक्षिक सामग्रीहरूद्वारा समग्र व्यक्तिगत विकास हुने विश्वास लर्न इन्फिनिटीले लिएको छ ।

निमा एकेडेमीले पहिलो चरणमा पब्लिक स्पिकिङ कोर्स‚ २८ डेज ह्याप्पिनेस कोर्स‚ कम्युनिकेसन मास्टरक्लास कोर्स उपलब्ध गराएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *