नेपालको ५० रन पूरा

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तरराष्ट्रिय सिरिजमा ओमानसँग खेलिरहेको नेपालको ५० रन पूरा भएको छ ।

पहिलो ओभरमै विकेट गुमाएको नेपालले ११ औँ ओभरमा १ विकेट गुमाएर ५१ रन बनाएको छ । आसिफ शेख ३३ र ज्ञानेन्द्र मल्ल १५ रन बनाएर खेलिरहेका छन् ।

ओपनर कुशल भुर्तेल दोस्रो बलमै शून्य रनमा आउट भए ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गतको त्रिकोणात्मक खेलमा नेपालले ओमानसँग पहिले ब्याटिङ गरिरहेको छ । ओमानमा टस जितेर नेपालले ब्याटिङ रोजेको हो । प्रतियोगितामा नेपालले हिजो अमेरिकालाई ५ विकेटले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *